२०७७ असार २९ साेमबार, एजेन्सी । महामारीका रुपमा फैलिरहेको कारोनाबाट पछिल्लो २४ घण्टाको अवधिमा विश्वभर २ लाख ३० हजारभन्दा बढी मानिस कोरोना संक्रमित भएसका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विगत २४ घण्टामा २ लाख ३० हजार ३ सय ७० संक्रमित थपिएका हुन । अहिलेसम्म एकै दिन संक्रमित हुनेको संख्या यो सबैभन्दा धेरै हो ।
योसँगै विश्वमा संक्रमितको संख्या १ करोड २८ लाख ६५ हजार १ सय ८४ पुगेको छ भने ५ लाख ६७ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै अमेरिका र ब्राजिलमा थपिएका छन् ।
दक्षिणपूर्वी एसियामा ३३ हजार १ सय ७३ र भारतमा २८ हजार ६ सय ३७ नयाँ संक्रमित थपिएका छन् । भारतमा २४ घण्टामा ५ सय ५१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा थप ८ हजार १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’