अमेरिकामा ३४ लाख संक्रमित, एक लाख ३७ हजार ७८२ को मृत्यु

२०७७ असार २९ साेमबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ३७९ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३७ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३७ हजार ७८२ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५७ हजार ४३३ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३४ लाख १३ हजार ७९ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म १५ लाख १६ हजार ७७४ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ८२२ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ४०३ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २७ हजार ६३८ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ६०९ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८० हजार ९१५ जना संक्रमित भएका छन् ।  मसाचुसेट्समा ८ हजार ३२५ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार ३८८, त्यस्तै क्यालिफोर्नियामा ७ हजार ५१, पेन्सिलभेनियामा ६ हजार ९५८, मिचिगनमा ६ हजार ३१४, कोनेक्टीकटमा ४ हजार ३४८, फ्लोरिडामा ४ हजार २४२, लुसियानामा ३ हजार ४२१ जना, मेरिल्याण्डमा ३ हजार ३१९, टेक्सासमा ३ हजार २६०, ओहियो ३ हजार ६३, जर्जियामा ३ हजार १, इन्डियानामा २ हजार ७६० र एरिजोनामा २ हजार २३७ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार