भारतमा एकै दिन ५ सयको मृत्यु, २८ हजार ७ सय संक्रमित

२०७७ असार २९ साेमबार, एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५०० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २३ हजार १७४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २८ हजार ७०१ जना संक्रमित पुष्टि भएको छ ।

यो एकै दिन संक्रमित भएको अहिलेसम्मको धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८ लाख ७८ हजार २५४ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । भारतमा अहिलेसम्म ५ लाख ५३ हजार ४७१ जना ठिक भएका छन् भने ३ लाख १ हजार ६०९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ३० लाख ३६ हजार ५८७ पुगेको छ भने मृतकको संख्या ५ लाख ७१ हजार ५७४ पुगेको छ । विश्वभर ७५ लाख ८२ हजार ४२६ जना कोरोना संक्रमित निकाे भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार