२०७७ असार २९ साेमबार, एजेन्सी । म्यानचेष्टर सिटीमाथि युरोपियन क्लब प्रतियोगितामा लगाइएको दुई वर्षको प्रतिबन्ध फुकुवा भएको छ।
द कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले सिटीलाई ‘इक्वटी फन्डलाई स्पोन्सरसीपका रुपमा लुकाएको’आरोपबाट सफाइ दिएको बीबीसीले जनाएको छ।
युइएफएको क्लब फाइनान्सियल कन्ट्रोल बडी (सीएफसीबी) ले सन् २०१२ र २०१६ को बीचमा सिटीले फाइनान्सियल फेयर प्ले (एफएफपी) को गम्भीर उल्लंघन गरेको भन्दै गत फेब्रुअरीको २ वर्ष प्रतिबन्धको कारवाही गरेको थियो।
कोर्टले सिटीको जरिवाना पनि १ करोड युरोमा झारिएको छ । यसअघि सिटीमाथि ३ करोड युरो जरिवाना तोकिएको थियो ।
यता, युरोपियन क्लब प्रतियोगितामा फुकुवा गरेकोमा सिटीले सीएसएसको निर्णयलाई स्वागत गर्दै धन्यवाद दिएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’