ला लिगामा रियल म्याड्रिड विजयी, उपाधिबाट एक जित टाढा

२०७७ असार ३० मङ्गलबार, एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ग्रानडालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

रियल म्याड्रिडको जितमा फेरल्याण्ड मेण्डी र करिम बेन्जमाले एक एक गोल गरे भने ग्रानडाका लागि एक गोल डानविन माचिसले गरेका थिए ।

यो जितसँगै रियल म्याड्रिड ला लिगा उपाधि जितको नजिक पुगेको छ ।

अब लिगमा खेल्न दुई खेल बाँकी हुदा रियलले एक खेल जितेमा यस सिजनको ला लिगाको उपाधि जित्ने छ ।

३६ खेल सकिदा रियल म्याड्रिडको ८३ अंक भएको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलमा ७९ अंक रहेको छ ।

अब रियल म्याड्रिडले आगामी विहिबार भिल्ला रियलसँग खेल्ने छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार