२०७७ असार ३० मङ्गलबार, एजेन्सी । कोरोनाको संक्रमण भारतमा तिब्र गतिमा फैलिरहेका बेला बलिवुड सेलिब्रेटीहरु पनि एकपछि अर्को गर्दै संक्रमित भएका छन् ।बलिवुडका महानायक अमिताभ बच्चनको परिवारमा अमिताभसहित अभिषेक बच्चन, उनकी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या कोरोना संक्रमित भएपछि हडकम्प मच्चिएको छ ।
त्यस्तै अभिनेता अनुपम खेरकी आमा र भाइको परिवारसमेत कोरोना संक्रमित भएको छ ।
यसैबीच अभिनेत्री सारा अली खानको घरमा समेत कोरोना पुगेको छ । अभिनेत्री साराले आफ्नो ड्राइभर कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन् । अभिनेत्री साराले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिदै त्यसपछि आफूसहित आफ्नो परिवारको कोरोना परिक्षण गराएको र रिपोर्ट निगेटिभ आएको जानकारी दिएकी छन् ।
बलिवुडमा टेलिभिजन अभिनेता पार्थ समथान समेत संक्रमित भएका छन् भने यस अघि गायिका कनिका कपुरसहित अन्य कैयौं कलाकार, निर्देशक र निर्माताहरु संक्रमित भएका छन् ।
भारतमा तिब्र गतिमा फैलिएको कोरोनाबाट अहिलेसम्म २३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ९ लाखभन्दा बढी संक्रमित भएका छन् ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’