२०७७ असार ३० मङ्गलबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ४६५ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३८ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३८ हजार २४७ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६६ हजार २६ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३४ लाख ७९ हजार १०५ पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म १५ लाख ४९ हजार २५५ जना ठिक भएका छन् भने सक्रिय संक्रमित १७ लाख ९१ हजार ६०३ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ९३४ जना आइसीयुमा उपचारत रहेका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ४४५ जनाको मृत्यु भएको छ । न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २८ हजार ३०३ जना संक्रमित भएका छन् । न्यूजर्सीमा १५ हजार ६३९ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८१ हजार ३६६ जना संक्रमित भएका छन् । मसाचुसेट्समा ८ हजार ३३० जनाको ज्यान गएको छ ।
त्यस्तैगरि इलिनियोइसमा ७ हजार ३९४, त्यस्तै क्यालिफोर्नियामा ७ हजार ९६, पेन्सिलभेनियामा ६ हजार ९६३, मिचिगनमा ६ हजार ३२१, कोनेक्टीकटमा ४ हजार ३७१, फ्लोरिडामा ४ हजार २७७, लुसियानामा ३ हजार ४२८ जना, टेक्सासमा ३ हजार ३४०, मेरिल्याण्डमा ३ हजार ३२५, ओहियो ३ हजार ६९, जर्जियामा ३ हजार २६, इन्डियानामा २ हजार ७६२ र एरिजोनामा २ हजार २४५ जनाको मृत्यु भएको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’