२०७७ असार ३० मङ्गलबार, काठमाडौं । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा नेपालले थप ३ वटा पदक हात पारेको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २ रजत र १ कांस्य जितेका हुन ।
प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८–३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जिते । महिला १५–१७ वर्षमा अस्मिता नगरकोटीले कांस्य जितिन् ।
एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काका अनुसार प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेका छन् । प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’