हुवावेलाई बेलायतमा समेत प्रतिबन्धको तयारी

२०७७ असार ३० मङ्गलबार, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको ५ जी नेटवर्कबाट हुवावेलाई प्रतिबन्ध लगाउने तयारी गरेका छन् । चीनलाई आक्रोशित बनाउने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्ने किसिममा मंगलबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हुवावेलाई प्रतिबन्धको तयारी गरेका हुन् । यसले पश्‍चिमा मुलुकहरुमा विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण भएको हुवावेलाई स्वागत नगरिने संकेत गरेको छ ।

यसअघि अमेरिकाले बेलायती प्रधानमन्त्री जोन्सनलाई हुवावेलाई ५ जीमा सीमित भूमिका दिन जनवरीमै आग्रह गरेको थियो । तर, पछिल्लो समय चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेर बेलायतसँग हङकङलाई चीनको जिम्मा लगाउँदा भएको सम्झौताको उल्लंघन गरेको आक्रोशमा हुवावेमाथि प्रतिबन्धको तयारी गरेका हुन् ।

त्यसैगरी कोरोना भाइरसका विषयमा चीनले सत्य कुरा नखोलेको भन्दै बेलायतले यसअघि नै आक्रोश व्यक्त गरेको थियो ।

अमेरिकाले हुवावेले पश्‍चिममा जासुसी गरिरहेको आरोप लगाएसँगै बेलायतले विश्‍वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनसँग हुवावेलाई प्रतिबन्ध लगाएर आर्थिक जोखिम मोलेको छ ।

मंगलबार राष्ट्रिय सुरक्षा परिषद्‌को बैठकको अध्यक्षतामा भएको बैठकमा हुवावेको विषयमा छलफल भएको थियो । यस विषयको निर्णय मिडिया सेक्रेटरी ओलिभर डोउडेनल हाउस अफ कमन्समा सुनाउनेछन् ।

रोयटर्स

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार