२०७७ असार ३१ बुधबार, एजेन्सी । बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले ला लिगाको यो सिजनमा अब रियल म्याड्रिडलाई जित्न असम्भव रहेको बताएका छन् ।स्पोर्ट्ससँग कुरा गर्दै स्वरेजले यस सिजनमा अब बाँकी खेल जितेर च्याम्पियन्स लिगका लागि फोकस गर्नुपर्ने बताएका हुन् ।
स्वरेजले कोरोना महामारीपछि खेलिएका तीन खेलमा बराबरीमा रोकिनु नै बार्सिलोनाको उपाधि जित्ने अभियानमा धक्का लागेको बताएका छन् ।
बार्सिलोना सेभिया, सेल्टा भिगो र एटलेटिको म्याड्रिडसँगका खेलमा बराबरीमा रोकिएको थियो । ला लिगामा यो असफलताको दोष सबैले लिनुपर्ने भन्दै यसबाट अगाडी बढ्नुपर्ने बताएका छन् । ला लिगामा अब दुई खेल खेल्न बाँकी रहदा रियल म्याड्रिड बार्सिलोनाभन्दा ४ अंकले अगाडी रहेको छ । रियलको ८३ अंक छ भने बार्सिलोनाको ७९ अंक रहेको छ ।
अब लिगमा रियलले हाल पाँचौ स्थानमा रहेको भिल्ला रियल र १८औ स्थानमा रहेको लेगानेजविरुद्ध खेल्दै छ भने बार्सिलोनाले ११औ स्थानमा रहेको ओसासुना र १७औ स्थानमा रहेको डिपोर्टिभो आल्भेजविरुद्ध खेल्दै छ ।
स्वरेजले सेल्टासँग बराबरीमा रोकिनु निकै पीडादायी भएको समेत बताएका छन् । अन्तिम समयमा आसपासले गोल गरेर सो खेलमा बार्सिलोनालाई बराबरीमा रोकेका थिए । स्वरेजले सो खेल बार्सिलोनाले जित्नुपर्ने थियो भनेका छन् ।
बार्सिलोनाले अब च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगमा नापोलीसँग अगस्त ९ मा खेल्दै छ । पहिलो लिगमा दुवै १-१ को बराबरी खेलेका छन् ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’