अमेरिकामा ३५ लाख संक्रमित, एक लाख ३९ हजारको मृत्यु

२०७७ असार ३१ बुधबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ८८८ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३९ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३९ हजार १३५ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६५ हजार ५७१ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३५ लाख ४४ हजार ६७६ पुगेको छ ।

अमेरिकामा अहिलेसम्म १५ लाख ९० हजार ८६७ जना ठिक भएका छन् भने सक्रिय संक्रमित १८ लाख १४ हजार ६७४ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हजार १४८ जना आइसीयुमा उपचारत रहेका छन् । अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ४६२ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २९ हजार २७८ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ६६२ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८१ हजार ७७३ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ८ हजार ३४० जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार ४१९, त्यस्तै क्यालिफोर्नियामा ७ हजार २३५, पेन्सिलभेनियामा ६ हजार ९८१, मिचिगनमा ६ हजार ३२६, फ्लोरिडामा ४ हजार ४०९, कोनेक्टीकटमा ४ हजार ३७२, टेक्सासमा ३ हजार ४७१, लुसियानामा ३ हजार ४४८ जना, मेरिल्याण्डमा ३ हजार ३३४, ओहियो ३ हजार ७६, जर्जियामा ३ हजार ५४, इन्डियानामा २ हजार ७७५ र एरिजोनामा २ हजार ३३७ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार