२०७७ असार ३१ मङ्गलबार, एजेन्सी । चिलीको प्रहरीले कोरोना भाइरस संक्रमित व्यक्तिलाई पत्ता लगाउनका लागि कुकुरलाई प्रशिक्षण दिइरहेको जनाएको छ । त्यहाँको प्रहरीले लेब्राडोर र अन्य तीन गोल्डेन रिट्रिवर्सलाई यस्तो प्रशिक्षण दिइरहेको छ । यसअघि यी कुकुरहरुलाई लागुऔषध, विस्फोट र हराइरहेका व्यक्तिहरुको खोजीका लागि प्रयोग गरिँदै आएको थियो ।
यो योजना पशु चिकित्सा महामारी विज्ञानका प्रोफेसर फर्नान्डो मार्डोनसको रहेको जनाइएको छ । उनले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, “भाइरसको आफ्नो कुनै गन्ध हुँदैन । तर, मेटाबोलिकमा आएको परिवर्तनका कारण मानिसको पसिनाको गन्ध फरक आउँछ ।”
अगस्तसम्म रेलवे स्टेसन र विमानस्थलमा जाँच गर्न सजिलो होस् भनेर कुकुरहरुलाई प्रशिक्षण दिन थालिएको जनाइएको छ । यसअघि बेलायतस्थित मेडिकल डिटेक्सन ड्रग्सले यसैगरी प्रयोग सुरु गरेको थियो । जुन राम्रो भइरहेको बीबीसीले जनाएको छ ।
यस संस्थाले छ कुकुरलाई प्रशिक्षण दिएको थियो । संस्थामा सहस्स्थापक तथा मुख्य कार्यकारी क्लेयर गेस्टले कुकुरहरु भाइरस सुँघ्न सक्षम भएको संकेत मिलेको छ । यसअघि कुकुरलाई मलेरिया, पार्किन्सन र अन्य बिरामीको पहिचानका लागि प्रशिक्षण दिइएको थियो ।
–बीबीसी
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’