युभेन्टस बराबरीमा रोकियो

२०७७ श्रावण १ बिहीबार, एजेन्सी । गएराती सम्पन्न इटालियन सिरी ए खेलमा युभेन्टस सास्सुओलोसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । युभेन्टसका लागि डानिलो, गोन्जालो हुगैन र एलेक्स सांड्रोले एक एक गोल गरेका थिए भने सास्सुओलोका लागि फिलिप डुरिकिक, डोमेनिको बेरार्डी र फ्रान्सेसको कापुटोले एक एक गोल गरेका थिए ।

यस अघि एटलान्टासँग २-२ गोलको बराबरी खेलेको युभेन्टसको लिगमा यो लगातार दोस्रो खेल बराबरी हो । अब युभेन्टसले अर्को खेल जुलाई २१ मा लाजियोविरुद्ध खेल्दै छ ।

यो बराबरीपछि युभेन्टसको ३३ खेलमा ७७ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एटलान्टाभन्दा लिगमा ७ अंकले अगाडी रहदै शिर्ष स्थानमा कायमै रहेको छ । त्यस्तौ सास्सुओलोको भने ३३ खेलपछि४७ अंक रहेको छ र लिगको आठौ स्थानमा रहेको छ ।

सिरी ए अन्तर्गत गएराती नै भएका अन्य खेलमा रोमाले हेल्लासविरुद्ध २-१ को जित हासिल गर्यो भने लाजियो उडीनेससँग बिना गोलको बराबरीमा रोकिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार