आर्सनलसँग हारेपछि लिभरपुल कीर्तिमानी अंक बनाउन चुक्यो

२०७७ श्रावण १ बिहीबार, एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिभरपुललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा अलेक्जेन्ड्रे लकाजेट र रेइस नेल्सनले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि साडियो मानेले एक गोल गरेका थिए ।

यो हारपछि लिभरपुलले यस सिजनमा दुई सिजन अघि म्यानचेस्टर सिटीले बनाएको सय अंकसहितको लिग जितको किर्तिमान भने अब बनाउन नसक्ने भएको छ । अब लिगमा दुई खेल बाँकी हुदा लिभरपुलको ९३ अंक रहेको छ ।

त्यस्तै आर्सनलले प्रिमियर लिगमा लिभरपुललाई सन २०१५ पछि पहिलो पटक पराजित गरेको छ । यो खेलपछि लिभरपुलको ३६ खेलमा ९३ अंक रहेको छ भने आर्सनलको ३६ खेलपछि ५३ अंक छ र आर्सनल लिगको नवौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत गएराती नै भएका खेलमा टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको छ भने म्यानचेस्टर सिटीले बोर्नमाउथलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार