२०७७ श्रावण १ बिहीबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४० हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ४० हजार १४० पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ७२ हजार ७१ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३६ लाख १६ हजार ७४७ पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म १६ लाख ४५ हजार ९६२ जना ठिक भएका छन् भने सक्रिय संक्रमित १८ लाख ३० हजार ६४५ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हजार ४५९ जना आइसीयुमा उपचारत रहेका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ४९५ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ३० हजार २७७ जना संक्रमित भएका छन् ।
त्यस्तै न्यूजर्सीमा १५ हजार ७०५ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८२ हजार ९४ जना संक्रमित भएका छन् ।
त्यस्तै मसाचुसेट्समा ८ हजार ३६८ जनाको ज्यान गएको छ ।
त्यस्तैगरि इलिनियोइसमा ७ हजार ४२७, त्यस्तै क्यालिफोर्नियामा ७ हजार ३६१, पेन्सिलभेनियामा ७ हजार २३, मिचिगनमा ६ हजार ३३०, फ्लोरिडामा ४ हजार ५२१, कोनेक्टीकटमा ४ हजार ३८०, टेक्सासमा ३ हजार ६२५, लुसियानामा ३ हजार ४६३ जना, मेरिल्याण्डमा ३ हजार ३४१, जर्जियामा ३ हजार ९१, ओहियो ३ हजार ८३, इन्डियानामा २ हजार ७८५ र एरिजोनामा २ हजार ४३४ जनाको मृत्यु भएको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’