२०७७ श्रावण १ बिहीबार, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्स्परले बर्नेमाउथमाथि सहज जित निकालेको छ। सेन्ट जेम्स पार्क स्टेडियममा भएको खेलमा टोटेनहमले घरेलु टोलीमाथि ३-१ को जित निकालेको हो।
खेलको २७ औं मिनेटमा सन ह्युङ मिनको गोलबाट अग्रता बनाएको टोटेनहम पहिलो हाफमा १ गोलले अघि रह्यो। दोस्रो हाफमा बर्नेमाउथका मार्ट रिट्चिइले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। उनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए। तर टोटेनहमका ह्यारी केनले खेलको ६० औं मिनेट र ९० औं मिनेटमा गोल गर्दै घरेलु टोलिमाथि जित सुनिश्चित गरे।
जितसँगै टोटेनहम अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ। उसको अंकतालिकामा ३६ खेलबाट ५५ अंक रहेको छ। उता बर्नेमाउथ ३६ खेलबाट ३१ अंक जोड्दै १८ औं स्थानमा रहेर रेलिगेशनको भयमा छ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’