२०७७ श्रावण १ बिहीबार, एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफूमा कोरोना भाइरसको संक्रमण कायमै रहेको बताएका छन्। पछिल्लो पटक भएको परीक्षणमा पनि आफूमा संक्रमण देखिएको राष्ट्रपति बोल्सोनारोले बुधबार पत्रकारलाई जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
हप्ता दिनअघि बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । झण्डै हप्ता दिनपछि गरेको परीक्षणमा पनि संक्रमण कायमै रहेको देखिएको हो । अबको केही दिनमा फेरि परीक्षण हुने उनले बताएका छन् । बोल्सोनारोको दोस्रो परीक्षणमा पनि संक्रमण देखिएको खबर सिएनएन ब्राजिलले सार्वजनिक गरेको थियो ।
कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा ब्राजिल दोस्रो स्थानमा छ । दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या १९ लाख ६६ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ७५ हजार तीन सय भन्दा धेरैको ज्यान गएको छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख चार हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म पाँच लाख ८२ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’