भारतमा कोरोनाबाट एकैदिन ३२ हजार संक्रमित, ६०६ जनाको मृत्यु

२०७७ श्रावण १ बिहीबार, एजेन्सी । छिमेकी मुलुक भारतकाे भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६०६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २४ हजार ९१५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिन संक्रमित भएको अहिलेसम्मकै धेरै संख्या हो

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९ लाख ६८ हजार ८७६ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भारतमा अहिलेसम्म ६ लाख १२ हजार ८१५  जना ठिक भएका छन् भने ३ लाख ३१ हजार १४६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ९२ हजार ६०६ पुगेको छ भने मृतकको संख्या ५ लाख ८६ हजार ८३९ पुगेको छ ।विश्वभर भने ८१ लाख ४८ हजार ५२० जना कोरोना संक्रमित ठिक भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार