२०७७ श्रावण १ बिहीबार, एजेन्सी । अर्बपति व्यवसायी एलन मस्क, जेफ बेजोस, बिल गेट्सलगायत अमेरिकाका प्रख्यात व्यक्ति एवं कम्पनीका ट्वीटर अकाउन्ट ह्याक गरिएका छन् ।
एउटा ठूलो संगठित साइबर हमलामा अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडन पनि परेका हुन् ।
ह्याक गरिएका ट्वीटरबाट चन्दा मागिएको छ । ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्विट राख्दै मानिसलाई हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको बीबीसीले जनाएको छ ।
बिल गेट्सको ट्वीटरमा भनिएको छ– सबैले मलाई समाजमा फर्किन आग्रह गरिरहेका छन, अब समय आयो । तपाईँ मलाई एक हजार डलर पठाउनुहोस्, म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु ।’ यो ह्याकलाई किङ बिटक्वाइन स्काम भनिन्छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’