२०७७ श्रावण २ शुक्रबार, एजेन्सी । भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियल एक खेल अगावै लिग च्याम्पियन भएको हो । रियलको यो इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि हो । रियलले लिगको एक खेल बाँही रहँदा शीर्ष स्थानमा सात अंकको अग्रता बनाउँदै लिग च्याम्पियन बनेको हो ।
घरेलु टोली रियलको जितका लागि दुबै गोल करिम बेन्जेमाले गरेका थिए । खलेको २९ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले क्रोएसियन मिडफिल्डर लुका मोड्रीचको पासमा गोल गर्दै रियलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका हुन् ।
त्यसपछि दोस्रो हाफमा रियलले एक गोल गर्दा एक गोल खान पुगेको थियो । ७७ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । ८३ औं मिनेटमा भिल्लरियलका भिसेन्ट इबोर्राले गोल गर्दै खेलमा फर्किने प्रयास गरे । उनले मारिया गास्पारको पासमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर त्यसपछि थप गोल हुन नसक्दा खेल रियलले जितेको हो ।
जितसँगै रियलले ३७ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई सात अंकले पछि पार्दै लिग च्याम्पियन बन्यो । समान खेल खेलेको बार्सिलोनाको ७९ अंक छ । भिलारियल ५७ अंकसहित पाँचौं स्थानमा छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’