तस्बिर प्रतिकात्मक
एजेन्सी ,
२२ जेठ , जेनेभा : संयुक्तराष्ट्रसंघीय निशस्त्रीकरण प्रमुखले कोभिड १९ महामारीले विश्वलाई प्राविधिक आविष्कार र अनलाइन सहकार्यतर्फ लगे पनि साइबर क्राइम बढ्दो रुपमा रहेको बताएकी छन् ।
वर्तमान संकटको अवधिमा द्वेषपूर्ण इमेलको प्रयोगमा ६०० प्रतिशतका दरले बढेको उनको भनाइ छ । राष्ट्रसंघीय निशस्त्रीकरण विभागकी प्रमुख इजुमी नाकामित्सुले शुक्रबार सुरक्षा परिषदको बैठकमा यस्तो बताएकी हुन् ।
‘विश्वव्यापी रुपमा स्वास्थ्य संगठनहरु र मेडिकल रिसर्च संस्थाहरुमाथि आक्रमण भएका चिन्ताजनक रिपोर्टहरु आइरहेका छन्,’ इजुमीले बताएकी छन् । साथै बढ्दो डिजिटल निर्भरताले पनि साइबर आक्रमणको जोखिम बढाएको उनको भनाइ छ । इजुमीका अनुसार प्रत्येक ३९ सेकेन्डमा एक साइबर आक्रमण हुन्छ । अन्तर्राष्ट्रिय दुरसञ्चार संघका अनुसार झण्डै ९० देशहरु साइबर सुरक्षाप्रति प्रतिबद्धताको प्रारम्भिक चरणमै रहेका छन् ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’