इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेड र वाट्फोर्ड आमने सामने हुने

२०७७ श्रावण २ शुक्रबार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डको सामना गर्ने भएको छ । आज हुने एकमात्र खेलमा यी दुइ टोली भिड्न लागेका हुन् ।

खेल नेपाली समयअनुसार राति १२ः४५ बजे बाट वेस्ट ह्यामको मैदानमा सुरु हुनेछ । लण्डन स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । रेलिगेसन क्षेत्र नजिकै रहेका दुवै टिम जितसहित रेलिगेसनबाट बच्न चाहन्छ ।

लिगको दुई बाँकी रहदा वेस्ट ह्याम ३४ अंक जोडेर १६ औं स्थानमा रहेको रहदाँ वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार