स्पेनको बार्सिलोनामा फेरी बढे संक्रमित

२०७७ श्रावण ३ शनिबार, एजेन्सी । स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिन थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ । बार्सिलोनाका बासिन्दाहरूलाई भाइरसको अवस्था बढेपछि घरमै बस्न आग्रह क्याटलोनियाली सरकारले गरेको हो ।

“क्षेत्रीय सरकारले सिनेमा, नाटकघर र रात्रिक्लबहरू बन्द गर्ने आदेश दिएको छ भने तटीय शहरमा १० भन्दा बढी व्यक्तिको भेला हुन प्रतिबन्ध लगाएको छ,” प्रवक्ता मेरीटक्सेल बुडोले पत्रकार सम्मेलनमा भने ।  सरकारको निर्णयले युरोपको सबैभन्दा धेरै भ्रमण गरिनेमध्येको एक सहर बार्सिलोना रहेका करिब ४० लाख व्यक्ति प्रभावित बनेका छन् ।

सहरमा रेष्टुरेन्टहरूले सामान्य क्षमताको सेवामा आधा सेवामा सीमित गर्नुपर्नेछ । बासिन्दालाई उत्तरपूर्वी शहर बाहिर रहेका घरहरूमा लगभग दुई हप्ता सम्मको अवधिमा भागेर नजान पनि  भनिएको छ ।

“आउने हप्तामा सबै बार्सिलोनावासीलाई पहिले झैँ लकडाउन गरेर राख्नुपर्ने बाध्यता पनि आउन सक्छ,” बुडोले भने । उनले झण्डै तीन हप्तापछि लकडाउनलाई हटाउनसकिने बताए । उनले भने, “मार्चमा जस्तो अवस्थामा नपरोस् भनेर बासिन्दाहरूले छिटो र निर्णायक कदम चाल्नुपरेको छ ।”

स्पेनमा पहिलो पटक महामारी फैलिँदा केन्द्र सरकारका प्रधानमन्त्री पेद्रो सान्चेजको प्रशासनले मार्च १४ मा आपतकालिन अवस्थाको घोषणा गर्दै कोराोना भाइरस रोक्नका लागि कडामध्यको नीतिको अवलम्बन गरेको थियो ।

कोरोनाभाइरसका घटनाहरू बढेका क्याटालोनिया र छिमेकी अरागोन क्षेत्रमा १५० भन्दा बढी नयाँ विरामीमा सङ्क्रमण भेटिएपछि स्पेनी अधिकारीहरूले अहिले चिन्तित भएका छन् । स्पेनमा कोभिड–१९ सङ्क्रमित २८ हजार ४०० व्यक्तिको निधन भएको छ भने तीन लाख पाँच हजार व्यक्ति सङ्क्रमित भएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार