२०७७ श्रावण ३ शनिबार, एजेन्सी । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक टोकियो ओलम्पिकले शुक्रबार जुलाई २३ देखि अगस्ट ८ सम्म हुने खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका अनुसार विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।
कोरोना भाईरसको कारण एक वर्ष सरेको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’