ट्रम्पले फेरी भने – मास्क लगाउन अनिवार्य गर्न मिल्दैन

२०७७ श्रावण ३ शनिबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्कको विषयमा फेरी आफ्नो विवादस्पद बयान दिएका छन् । डाक्टर तथा विशेषज्ञहरुले मास्क अनिवार्य लगाउन भनिरहेका बेला राष्ट्रपति ट्रम्पले भने मास्क लगाउन अनिवार्य गर्न नसकिने बताएका छन् ।

अमेरिकी भाइरल रोग विशषज्ञ वरिष्ठ डाक्टर एन्थोनी फाउचीले विभिन्न प्रान्त र स्थानीय नेताहरुलाई मास्क अनिवार्य गर्न आआफ्नो क्षेत्रमा हरसम्भव प्रयास गर्न अनुरोध गरेपछि राष्ट्रपति ट्रम्पको यस्तो भनाई आएको हो । अमेरिकामा मास्क लगाउने विषय अहिले राजनीतिक मुद्धा बनिरहेको छ । राष्ट्रपति ट्रम्प गत शनिबार मास्क लगाएर देखिएका थिए ।

ट्रम्पले एक टिभी अन्तर्वार्तामा अमेरिकामा मास्क अनिवार्य गर्न नसकिने बताएका छन् । उनले मास्क अनिवार्य गर्ने बारे असहमति जनाउदै मानिसहरुलाई लगाउने या नलगाउने भन्ने स्वतन्त्रता हुनुपर्ने बताए ।

पछिल्लो समय अमेरिकामा कोरोना संक्रमितको संख्या फेरी बढेको देखिएको छ । अहिलेसम्म एक लाख ४२ हजारभन्दा बढीको ज्यान गएको छ भने ३७ लाख ७० हजारभन्दा बढी संक्रमित भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार