भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार बढि कोरोना संक्रमित

२०७७ श्रावण ३ शनिबार, एजेन्सी । कोरोना सबैभन्दा बढी संक्रमित हुने तेस्रो मुलुकको रुपमा रहेको भारतमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३४ हजार ८ सय ८४ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै त्यहाँ कोरोना संक्रमित हुनेको संख्या १० लाख ३८ हजार ७ सय १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमितको कोरोनाका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट आज (शनिबार)बिहानसम्म २६ हजार २ सय ७३ जनाको मृत्यु भएको छ ।

६ लाख ५३ हजार ७ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ भने संक्रमितको संख्या १ करोड ४० लाख नाघेको छ । शनिबार बिहानसम्म संक्रमितको संख्या १ करोड ४० लाख ३७ हजार २१ पुगेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार