भारतीय हाँस्य धारावाहिक तारक मेहताका उल्टा चश्माको बुधबारदेखि नयाँ एपिसोड प्रशारण हुने

२०७७ श्रावण ३ शनिबार, एजेन्सी । लोकप्रिय भारतीय टिभी धारावाहिक ‘तारक मेहताका उल्टा चश्मा’ को सुटिङ सुरु भएको छ ।

कोरोना संक्रमण विश्वभरि फैलिएपछि भिडभाड हुने सबै काम बन्द भएको थियो । विश्वभरि नै फिल्मका सुटिङ रोकिएका थिए ।

अबको दश दिनपछि (२८ जुलाई) मा प्रशारणको १२ वर्ष पुरा गर्ने यो धारावाहिकको सुटिङ कोरोनाका कारण एक सय १५ दिन रोकियो ।

सुटिङ रोकिएपछि धारावाहिकमा पुरानो एपिसोड देखाइँदै आएको थियो ।

सुटिङ सुरु भएकाले आगामी २२ जुलाईदेखि नयाँ एपिसोड देखाइने भएको छ ।

धारवाहिकका डाइरेक्टर मालव राजदाले सुटिङका केही फोटो सार्वजनिक गरेका छन् । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कलाकार सुटिङमा सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार