२०७७ श्रावण ४ आइतबार, एजेन्सी । आर्सनल एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा पुगेको हो ।
आर्सनलको जितमा पिएर्रे एमेरिक अउबामेयांगले दुवै गोल गरेका थिए । अउबामेयांगले खेलको १९औ र ७१औ मिनेटमा गोल गरेका थिए ।
योसँगै आर्सनल योसहित २१औ पटक एफए कपको फाइनलमा पुगेको छ । आर्सनल अहिलेसम्म सबै भन्दा धेरै १३ पटक एफए कपको उपाधि जितेको छ ।
अब आर्सनलले आज हुने चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि अगस्ट १ मा फाइनल खेल्ने छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक