अमेरिकामा संक्रमितको संख्या ३८ लाख ३३ हजार

२०७७ श्रावण ४ आइतबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ८९४ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४२ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ४२ हजार ८७० पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६६ हजार ६१२ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३८ लाख ३३ हजार २१७ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १७ लाख ७५ हजार २१९ जना ठिक भएका छन् भने सक्रिय संक्रमित १९ लाख १५ हजार १२८ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हजार ६७३ जना आइसीयुमा उपचारत रहेका छन् । अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ५५२ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ३३ हजार ३१४ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ७७६ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८२ हजार ९३६ जना संक्रमित भएका छन् । मसाचुसेट्समा ८ हजार ४१९ जनाको ज्यान गएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ७ हजार ७०२, त्यस्तैगरि इलिनियोइसमा ७ हजार ४८३,  पेन्सिलभेनियामा ७ हजार ७९, मिचिगनमा ६ हजार ३६४, फ्लोरिडामा ४ हजार ८९८, कोनेक्टीकटमा ४ हजार ३९६, टेक्सासमा ४ हजार ७, लुसियानामा ३ हजार ५११ जना, मेरिल्याण्डमा ३ हजार ३६८, जर्जियामा ३ हजार १६८, ओहियो ३ हजार १३८, इन्डियानामा २ हजार ८२० र एरिजोनामा २ हजार ७३० जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार