२०७७ श्रावण ४ आइतबार, काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा नर्विच सिटी बर्नलीसँग पराजित भएको छ। क्यारो रोड स्टेडियममा भएको खेलमा रेलिगेशनमा परिसेको घरेलु टोली नर्विच सिटी बर्नलीसँग २-० ले पराजित भएको हो।
खेलमा नर्विच सिटीका इमिलिएनो बुएन्डियाले बर्नलीका एस्ले वेस्टउडलाई कुइनाले हानेपछि ३५ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए। त्यस्तै नर्विचकै जोसेफ ड्रिमिकले खराब ट्याकल गरेपछि त्यसको १० मिनेटभित्रै रेडकार्ड खाँदै बाहिरिए।
९ खेलाडीमा सीमित नर्विचमाथि पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै बर्नलीका लागि क्रिस उडले अग्रता बनाए। दोस्रो हाफमा नर्विचका बिन गोडफ्रेले आत्मघाती गोल गरे। र, योसँगै बर्नलीले नर्विचमाथि २-० को जित निकाल्यो।
जितसँगै ५४ अंकजोडेर बर्नली ९ औं स्थानमा उक्लिएको छ। यता नर्विच भने रेलिगेशनमा जाने यसअघि नै पक्का भइसकेको छ। नर्विचको ३७ खेलबाट २१ अंक छ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’