ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

२०७७ श्रावण ४ आइतबार, प्युठान । प्युठानको स्वर्गद्वारी धरमपानिमा ट्याक्टर दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ ।

गए राति करिब ११ बजे लु २ च ४२ ३४ नम्बर को ट्याक्टर दुर्घटनामा परि घटना स्थलमै सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरी नायव निरीक्षक नरेन्द्र कार्कीले घटनाको पुष्टि गर्नुभएको हो ।

मृत्यु हुनेहरु सबै मोटरबाटो निर्माणमा कार्यरत रोल्पाका मजदुर रहेको बताईएको छ । अहिले उद्धारका लागि घटना स्थलमा नेपाल प्रहरी , नेपाली सेना र स्थानिय पुगेका छन् । अप्ठ्यारो भिरका कारण उद्धारकार्यमा कठिनाई आएको बताईएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको हाम्रा सहकर्मी बिमल पोख्रेलले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार