भारतमा एकै दिन ३८ हजार ९०२ संक्रमित

२०७७ श्रावण ४ आइतबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ९०२ जना संक्रमित पुष्टि भएका छन् भने कोरोनाबाट ५४३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको छ ।

 योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । भारतमा कुल संक्रमित १० लाख ७७ हजार ६१८ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा यथावत रहेकाे छ । त्यस्तै भारतमा अहिलेसम्म ६ लाख ७७ हजार ४२३ जना ठिक भएका छन् भने ३ लाख ७३ हजार ३७९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख १४ हजार २७४ पुगेको छ भने मृतकको संख्या ६ लाख ४ हजार १५१ पुगेको छ । विश्वभर ८६ लाख ६ हजार ६११ जना कोरोना संक्रमित ठिक भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार