गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि

२०७७ श्रावण ४ आइतबार, गण्डकी । गण्डकी प्रदेशमा आइतबार थप १२ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार दिएको अपडेट अनुसार २ जिल्लाका थप १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरु लमजुङ र कास्कीका ६-६ जना रहेका छन् । नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ९२५ जना कोरोना संक्रमित ठिक भएका छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३०२ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार