वार्षिक ५ करोड जोगिने भन्दै नेपाल एयरलाइन्सले हटायो १४५ कर्मचारी

२०७७ श्रावण ४ आइतबार, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले करिब ९० प्रतिशतले आय घटेको जनाएको छ । निगमले आइतबार सञ्चारकर्मीहरुसँगको छलफलमा लकडाउनका कारण उडान प्रभावित हुँदा करिब ९० प्रतिशतले आय घटेको जनाएको हो ।

आन्तरिक उडान समेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई बचाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गरिएको पनि निगमले जनाएको छ ।

सोही अनुसार निगमले असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी १४५ जनालाई हटाएको छ ।

यसबाट मात्र निगमले वार्षिक रुपमा करिब ५ करोड रुपैयाँ जोगिने जनाएको छ । निगमले कोरोनाभाइरस नियन्त्रण भइ अवस्था सामान्य बन्दै गएमा र कर्मचारीको आवश्यकता परेमा उनीहरुलाई नै प्रथमिकता दिने पनि स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार