ड्युटीमा खटिएका प्रहरीमाथि नै आक्रमण

२०७७ श्रावण ४ आइतबार, काठमाडौं । काठमाडौंको ठुलो खरिबोटस्थित ड्युटीमा खटिएका प्रहरीमाथी नै आक्रमण भएको छ । हातपातका क्रममा एक प्रहरी घाइते भएका छन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हातपात गर्ने कार्यमा संग्लन १९ वर्षीय कुमार रोक्कालगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँड्दा देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई–बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली गलौज गरी हातपात गरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार