पछिल्लाे २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण ४ आइतबार, काठमाडौं । पछिल्लाे २४ घण्टामा नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । क्वारेन्टिनमा रहनेको संख्या आज २२ हजार ६६२ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडाैंका १ र ललितपुरका २ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार