अख्तियारको प्रवक्तामा तारानाथ अधिकारी नियुक्त

२०७७ श्रावण ४ आइतबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् ।

अधिकारीलाई आजैको मितिदेखि लागू हुनेगरी प्रवक्तामा नियुक्त गरिएको आयोगले जनाएको छ । प्रवक्तासँग सम्पर्कका लागि आयोगले टेलिफोन नम्बर ०१–५२६२१७७ वा मोबाइल नम्बर ९८५१२३३२८१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

हालका प्रवक्ता प्रदीपकुमार कोइरालाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएसँगै ४ नम्बर महाशाखा प्रमुख अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार