इरानमा एक अमेरिकी डलरको मूल्य दुई लाख ५५ हजार रियाल !

२०७७ श्रावण ५ साेमबार, एजेन्सी । इरानको मुद्रा रियाल गैर-आधिकारिक मार्केटमा अमेरिकी मुद्रा डलरको तुलनामा निकै कम भएको छ । शनिवार अहिलेसम्मको सबै भन्दा कम मूल्य भएको छ ।

अमेरिकाको प्रतिबन्ध र कोरोना भाइरसको महमारीको कारण यस वर्ष इरानी मुद्रा रियालमा लगभग ५० प्रतिशतको कमि आएको छ । वैदेशिक मुद्रा एक्सचेन्ज साइट बोनबास्ट.कम को अनुसार शुक्रवार एक डलरको मूल्य दुई लाख ४२ हजार पाँच सय रियाल रहेको थियो जुन शनिवार बढेर दुई लाख ५५ हजार तीन सय रियाल भएको छ ।

आर्थिक पत्रिका दुनिया-ए-एक्तेसादको अनुसार शनिवार एक डलरको सट्टामा ईरानको गैर-आधिकारिक मार्केटमा दुई लाख ५२ हजार तीन सय रियाल तिर्नु पर्यो । शुक्रवार एक डलरको लागि दुई लाख ४१ हजार तीन सय रियाल तिर्नुपरेको थियो । सन् २०२० मा रियाल लगभग  ४८ प्रतिशतले गिरावट आएको छ ।

तेलको मूल्यमा कमि र विश्व अर्थव्यवस्थामा मन्दीको कारण इरानको अर्थव्यवस्था पुरै प्रभावित भएको छ। मध्य-पूर्वमा कोरोनाको प्रभाव सबै भन्दा धेरै ईरानमा रहेको छ ।

यहाँ सबै भन्दा धेरै मानिस संक्रमित भएका छन् र मध्य-पूर्वको बाँकी देशको तुलनामा मृत्युपनि अधिक भएको छ । इरानमा औसधि किन्न डलरको सबै भन्दा आवस्यकता रहेको छ । ईरानको आधिकारिक मार्केटमा पनि  एक डलरको मूल्य ४२ हजार रियाल रहेको छ ।

सन् २०१८ को मे महिना मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इरानसँगको परमाणु सम्झौता अन्त्य गरेका थिए र नयाँ प्रतिबन्ध पनि लगाएका थिए । इरानका राष्ट्रपति हसन रूहानीले रियालमा ठुलो गिरावटको लागि निर्यातकर्तालाई आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार