२०७७ श्रावण ५ साेमबार, एजेन्सी । बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरेका छन् भने अन्सु फाती, लुइस स्वरेज र नेल्सन सेमेडोले एक एक गोल गरेका छन् ।
त्यस्तै यस खेलमा मेसीले एक गोल असिस्ट समेत गरेका छन् । मेसीले फातीको गोल असिस्ट गर्दै यस सिजनको ला लिगामा असिष्ट संख्या २१ पुर्याएका छन् । त्यस्तै यस सिजनमा मेसीले ला लिगामा २५ गोल गरेका छन् ।
योसँगै बार्सिलोनाले यस सिजनमा ३८ खेलमा ८२ अंक हासिल गर्दै लिगमा दोस्रो स्थानमा रहदै ला लिगा सकेको छ ।
यस सिजनको उपाधि भने रियल म्याड्रिडले एक खेल अगाडी नै जितिसकेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’