अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४३ हजार नाघ्यो

२०७७ श्रावण ५ साेमबार, एजेन्सी । पछिल्लो २४ घण्टामा अमेरिकामा ३९९ काेराेना सक्रंमितकाे मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४३ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ४३ हजार २६९ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६३ हजार ६३९ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३८ लाख ९६ हजार ८५६ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १८ लाख २ हजार ३३८ जना ठिक भएका छन् भने सक्रिय संक्रमित १९ लाख ५१ हजार २४९ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हजार ६२१ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ५७० जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ३४ हजार १६४ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ७८१ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८२ हजार ९८३ जना संक्रमित भएका छन् ।

त्यस्तै मसाचुसेट्समा ८ हजार ४३१ जनाको ज्यान गएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ७ हजार ७१३, त्यस्तैगरि इलिनियोइसमा ७ हजार ४८८,  पेन्सिलभेनियामा ७ हजार ८४, मिचिगनमा ६ हजार ३६६, फ्लोरिडामा ४ हजार ९८५, कोनेक्टीकटमा ४ हजार ३९६, टेक्सासमा ४ हजार ४६, लुसियानामा ३ हजार ५४५ जना, मेरिल्याण्डमा ३ हजार ३७७, ओहियो ३ हजार १७८, जर्जियामा ३ हजार ७३, इन्डियानामा २ हजार ८२२ र एरिजोनामा २ हजार ७६१ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार