पशुपतिनाथ मन्दिर आज पनि बन्द रहने

२०७७ श्रावण ५ साेमबार, काठमाडौं । अरु समय दैनिकजसो भीड लाग्ने पशुपतिनाथ मन्दिर यो वर्ष आज अर्थात् साउने सोमबारका दिनमा पनि भक्तजनको लागि बन्द रहने भएको छ ।

कारोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका कारण लकडाउन लगतै भक्तजनका लागि बन्द भएको पशुपति मन्दिर साउने सोमबार पनि नखुल्ने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले जानकारी दिए ।

‘पशुपति मन्दिर लकडाउन जारी भएदेखि नै भक्तजनका लागि बन्द गरिएको छ । हामी त तयारी अवस्थामा नै छौँ तर जबसम्म सरकारले धार्मिक स्थलहरु खोल्ने निर्णय गर्दैन तबसम्म पशुपति मन्दिर भक्तजनका लागि बन्द रहन्छ’, प्रवक्ता सिटौलाले भने ।

नियमित पुजा भने नरोकिएको उनको भनाइ छ । सरकारले भक्तजनका लागि मन्दिर प्रवेशमा स्वीकृति दिएमा भौतिक दुरी लगायतका मापद्दण्ड पुरा गर्ने गरी तयारी गरिएको पनि उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार