भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ

२०७७ श्रावण ५ साेमबार, विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

रानीको पेट्रोल पम्प नजिकैबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अन्दाजी १९÷२० वर्षीय तारिकचन अनवरलाई पक्राउ गरेको हो । उनी भारत कुन ठाउँका हुन् भन्ने बारेमा प्रहरीले खुलाएको छैन ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भारतबाट विराटनगरतर्फ साइकलमा आउँदै गर्दा पक्राउ गरिएका युवामाथि अनुसन्धान भइरहेको जानकारी दिए । शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट अन्दाजी ३५ ग्राम ब्राउन सुगर फेला पारेको छ ।

एसपी खड्काले बरामद ब्राउन सुगरसहित पक्राउ परेका युवालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार