पानीमा डुबेर दुई बालकको ज्यान गयो

२०७७ श्रावण ५ साेमबार, बझाङ । बझाङमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

तलकोट गाउँपालिका ३, बस्तीका रुपेश रोकायाको ९ वर्षीय छोरा सोवन र सोही ठाउँका रामचन्द्र रोकायाका ८ वर्षीय छोरा सर्जन रोकायको पानीमा डुबेर मृत्यु भएको हो ।

सोही ठाउँस्थित रहेको सिँचाइको पानी ट्यांकीमा नुहाउने क्रममा डुब्दा अवस्था जटिल बनेको उनीहरुको जिल्ला अस्पताल बझाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार