यूएईबाट १५७ नेपालीको उद्दार

काठमाडौं । कोरोना भाइरस महामारीका कारण यूएईमा समस्यामा परेका १५७ जना नेपाली नागरिक लिएर आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान काठमाडौंमा अवतरण भएको छ ।
उक्त विमान सारजाह विमानस्थलबाट टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना, इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७ जना  र अन्य ११ जना गरी १ सय ५७ जना लिएर आएको थियो  । बिमान  शुक्रबार साँझा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
उनीहरुलाई  स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टिनमा राख्ने तयारि छ । उनीहरुको प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि  काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टरमा राख्न नेपाली सेनाले  तयार गरेको छ ।  ।
शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्दार भएको छ । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो । म्यानमारबाट आएकालाई वसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । अहिले उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने गरी पठाउने कार्य भइरहेको छ
यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ । अबको  उडान कहिले हुन्छ भन्ने तय भइसकेको छैन ।
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार