२०७७ श्रावण ५ साेमबार, एजेन्सी । कोरोना भाइरसको रोकथामका लागि सामान खरिद गर्दा भ्रष्टाचार गरेको अभियोग लागेका जिम्बाब्वेका पूर्व स्वास्थ्य मन्त्री ओबाडिया मोहोलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ।
मोहोमाथि प्रक्रिया छलेर एक हंगेरियन फर्मलाई २० मिलियन डलरको सम्झौता प्रदान गरेको आरोप लागेको थियो। विपक्षी दलका साथै सामाजिक संजालमा सरकारको आलोचना भएपछि उनलाई स्वास्थ्य मन्त्रीको पदबाट हटाइएको थियो।
गत शुक्रवार मोहोलाई प्रहरीले पक्राउ गरेको थियो। महंगो कारमा अदालत पुगेका मोहोलाई विभिन्न अभियोग लगाइएको छ। सरकारी पक्षले पहिला उनलाई रिहा गर्न नमानेपनि पछि जमानतमा रिहा गर्न स्वीकार गरेको स्थानीय मिडियाले जनाएका छन्।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक