साउदीका शासक अस्पताल भर्ना

२०७७ श्रावण ५ साेमबार, एजेन्सी । साउदी अरबका ८४ वर्षीय शासक सलमान बिन अब्दुल अजिज स्वास्थ्यमा समस्या बढेपछि अस्पताल भर्ना भएका छन् ।

राजधानी रियादको ‘किङ फैसल स्पेसलिस्ट अस्पतालमा उनको भर्ना गरिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार चिकित्सकले उनको पित्त थैली सुनिएको हुँदा छालासम्बन्धी समस्या आउनसक्ने बताएका छन् । साउदीका राजा सलमान संसारकै सबैभन्दा ठूलो तेल आयातकर्ता देशका शासक हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार