सोलुखुम्बुका ४ जनामा कोरोना संक्रमित

२०७७ श्रावण ५ साेमबार, काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएका चार पुरुषमा सोमबार (आज) संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले मकालु खबरलाई जानकारी दिइन् ।

मलेसियाबाट आएका तीन र कतारबाट आएका एक जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको र उनीहरुमा कोरोना संक्रमण भएको अधिकारी शाहीले जानकारी दिइन् ।

“आजै मात्रै चार जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै विदेशबाट आउनुभएको थियो ।” उनले भनिन्, ‘हालका लागि उनीहरु सुरक्षित र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।’

संक्रमितहरु सोलुदुधकुण्ड नगरपालिका र थुलृुङ दुधकोशी गाउँपालिकाका हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार