२०७७ श्रावण ५ साेमबार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) विभिन्न तीन खेल हुनेभएका छन् ।
आज (सोमबार) हुने खेलमा उल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्दा एभर्टनले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ भने अर्को खेलमा न्युकासल र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ। उल्भ्स घरेलु मैदानमा जित निकाल्दै लिगको छैटौं स्थानमा उक्लन चाहन्छ । सातौं स्थानको उल्भ्सले ५६ अंक जोडेको छ ।
क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ । एभर्टन सेफिल्डलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । एभर्टन ४६ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ । ५४ अंक जोडेको सेफिल्ड आठौं स्थानमा रहेको छ । सेफिल्ड पनि एभर्टनलाई हराएर अंक तालिका सुधार गर्न योजनाका साथ मैदानमा उत्रिने भएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’