नारायणीको बाढीले हात्तीको मूर्ति बगायो

२०७७ श्रावण ५ साेमबार, चितवन । चितवन-नारायणी नदीमा आएको बाढीले नदी किनारमा बनाएको हात्तीको दुईवटा मुर्ती मध्ये एउटा बगाएको छ। पानीको बहाब खतराको विन्दु पार गरेको छ।

निरन्तर परिरहेको पानीले पानीको बहाब झन बढ्दो क्रममा छ। नारायणी नदी वरिपरिका स्थानीयलाई उच्च सावधानी अपनाउन चितवन प्रशासनले आग्रह गरेको छ। देवघाट स्थित जलमापन केन्द्र को पछिल्लो विवरण अनुसार नारायणी नदीमा पानीको बहाव खतराको विन्दु पार गरेको छ।

जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ। सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ।

नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा छ। नारायणी पुलनजिक भने नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ। पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ। निरन्त परिरहेको वर्षाले नदीको बहाव बढ्दो क्रममा नै रहेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार