नेपालमा अझैं पाँच दिनसम्म भारी वर्षा हुन्छ: मौसम विभाग

२०७७ श्रावण ५ साेमबार, काठमाडौं । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताउनुभयो ।

बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ । यो अझै बढेर २ सय मिलिलिटर पुग्ने सम्भावना रहेको छ ।

न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक वैद्यले बताउनुभयो ।  उहाँका अनुसार ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ ।

विभागका महानिर्देशक वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ ।
यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलिमिटर पानी परेको छ । यो अझै बढ्ने र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्ने उहाँको भनाई छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार